Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


कांग्रेसका सभापति थापासहित नयाँ कार्यसमितिले गरे पदभार ग्रहण (तस्बिरसहित)


247
Shares

काठमाडाैं । नेपाली कांग्रेसको नवनिर्वाचित सभापति गगन थापासहित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।

दोस्रो विशेष महाधिवेशनबाट निवार्चित पदाधिकारीहरुले शुक्रबार पार्टी कार्यलय सानेपामा पदभार ग्रहण गरेका हुन् । सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे र सहमहामन्त्रीहरुले पदभार ग्रहण गरेका छन्। पदाधिकारीहरुको पदभारग्रहण पछि केन्द्रीय समितिको बैठक शुरु भएको छ । उक्त बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने जनाइएकाे छ ।

गत पुस २७ गतेदेखि ३० गतेसम्म संचालन भएकाे कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सर्वसम्मत रुपमा सभापति निर्वाचित हुनुभएको थियो ।