Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजको दिनले प्रेरणा प्रदान गर्ने- राष्ट्रपति पौडेल


364
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा मानिने परम्परा रहेको बताउनुभउको छ ।

वसन्त पञ्चमीको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रपति पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदी-बहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकाहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यस शुभदिनमा आफ्ना बालबालिकालाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने प्रचलन पनि रहेको समेत बताउनुभयो ।

आजको दिन गरिने वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिकतामात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने अवसर पनि भएको उहाँको भनाइ छ । विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजको दिनले प्रेरणा प्रदान गर्ने राष्ट्रपति पौडेलको विश्वास थियो ।