Logo ८ माघ २०८२, बिहिबार | Thu Jan 22 2026


मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते


130
Shares

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सोही दुर्घटनामा परी अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको हो । सर्लाहीबाट काठमाडौंतर्फ गइरहेको मधेश प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी बिहीबार बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी घाइते दुई जना सर्लाहीको वरथवा नगरपालिका–१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको हो ।