काठमाडौं ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा तथा आफैँले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी दिएको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेले उजुरीको आधारमा मात्रै नभएर आयोगले स्वअध्ययनबाट पनि आचारसंहिता विपरितका कार्य गर्नेलाई कारबाही गर्ने बताउनुभयो ।
आचारसंहिताको पालना गराउने र उल्लङ्घन भएमा कारबाही गर्ने उद्देश्यले निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रस्तरसम्म आयोगका अनुगमन संयन्त्र सक्रिय बनाइएको दाबी गर्दै राजनितिक दल, उम्मेद्वार र मतदाता सबैले आचारसंहिता पालना गर्नुपर्छ भन्नुभयो ।
आयोगले हिजो देशभर ३ हजार ४८६ जनाले मनोनयन दर्ता गराएको भन्दै उम्मेदवारी दर्ता उत्साहजनक देखिएको पनि बताएको छ ।
आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ भने प्राप्त उजुरीको आधारमा निर्वाचन अधिकृतको कार्यालयमा छानबिन गरिने छ । छानवीनमा अयोग्य ठहरिएका उम्मेदवारको नाम सूचिबाट हटाई पुनः संशोधित नामावली सार्वजनिक गरिने पनि आयोगले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्