Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


माघ २० गतेभित्र सबै प्रकारका हातहतियार बुझाउन जिल्ला प्रशासनको आग्रह(सूचनासहित)


234
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले आगामी निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ।

रौतहटका सहायक सिडिओ जितेन्द्र कुमार यादवले मंगलबार एक सूचना जारी गर्दै यतो आग्रह गर्नुभएको हो । जिल्लाका विभिन्न व्यक्तिहरूको नाममा दर्ता रहेका इजाजत प्राप्त सबै प्रकारका हातहतियार र त्यसमा प्रयोग हुने गोलीगठ्ठा समेत यहि माघ २० गतेभित्र नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन समेत उहँले आग्रह गर्नुभयो ।

प्रशासनले हातहतियार बुझाउँदा प्रहरी कार्यालयबाट अनिवार्य रूपमा भरपाई रसिद लिन आग्रह गरेको छ। साथै, अगामी चैत २० गतेपछि सोही कार्यालयमा भरपाई पेश गरेमा सम्बन्धित हातहतियार धनीलाई मात्र हातहतियार फिर्ता गरिने जारी सूचनामा उल्लेख गरिएको छ।

प्रशासनले तोकिएको समयभित्र हातहतियार तथा खरखजाना नबुझाएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको हो। प्रशासनले आगामी निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लावासी सबैबाट पूर्ण सहयोगको अपेक्षा गरेको छ।