काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ बाट तिलक बहादुर रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार मङ्गलबार देशभरका निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको मनोनयन दर्ता भइरहेको छ । रानाभाटले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक कागजातसहित मनोनयनपत्र दर्ता गराएका हुन् ।
कास्की–१ मा विभिन्न दलका उम्मेदवारहरूबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । रानाभाटको उम्मेदवारीले यस क्षेत्रको चुनावी माहोललाई थप रोचक बनाएको छ । निर्वाचन आयोगकाअनुसार मनोनयन दर्तापछि उजुरी, जाँचबुझ र नाम फिर्ताको प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवार सूची प्रकाशन हुनेछ ।





प्रतिक्रिया दिनुहोस्