Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


लमजुङमा पृथ्वीसुब्बा गुरुङसहित १२ जनाकाे उम्मेदवारी


624
Shares

खुशीमाया गुरुङ, लमजुङ । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार १२ जना उम्मेदवारले औपचारिक रूपमा मनोनयन दर्ता गराएका छन्। प्रमुख दलका शीर्ष नेतादेखि स्वतन्त्र उम्मेदवारसम्म चुनावी मैदानमा उत्रिएका छन् ।

उम्मेदवारी दर्ता गर्नेमा नेकपा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसका गमप्रसाद गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी, नेकपाका हरिजङ तामाङ र राप्रपाका केविन्द्रजङ गुरुङ रहेका छन् ।

यस्तै, नेपाल मजदुर किसान पार्टीकी गुजेश्वरी प्रजापति मगजु, स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेसहित विभिन्न साना दलका उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्ता बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको थियो।