काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र- ४ मा उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गरेका हुन् ।
उनको उम्मेदवारीको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह बस्नुभएको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।
थापासँगै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा.अमरेशकुमार सिंह, नेपाली कम्युनिष्ट पार्टीबाट डा. रजनिश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव र नेकपा (एमाले)बाट रविशङ्कर कुशवाहाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।
आगामी फागुन २१ गते हुने प्रतनिधिसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने कार्यतालिका छ । सोहीअनुसार मुलुकभर मनोनयनदर्ता भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्