काठमाडाैं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिनिधिसभा निर्वाचनको टिकट नदिएपछि कञ्चनपुरमा पार्टी नेतृत्वविरुद्ध विरोध प्रदर्शन भएको छ ।
कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले लेखकलाई टिकट नदिएकाे भन्दै उनी निकट नेता–कार्यकर्ताहरूले पुत्ला दहन गरेका हुन् ।
दोधरा–चाँदनी क्षेत्रमा गरिएको विरोध कार्यक्रममा टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पुत्ला दहन गरिएको हो ।
यसपटक भने काङ्ग्रेसले उक्त क्षेत्रमा रमेश लेखकलाई टिकट नदिई हरि बोहरालाई उम्मेदवार बनाएको छ ।





प्रतिक्रिया दिनुहोस्