
फाइल तस्बिर
काठमाडौं । मेडिक व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईँको बयान लिइसकेपछि हिरासतमा राख्न आवश्यक नदेखिएकाले आफन्तको जिम्मामा छोडिएको हो ।
प्रसाईँ पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा हिजो चाउथेबाट पक्राउ परेका थिए ।
कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले पैसा लिएर निर्णय गरेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि आयोगले आइतबार कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गर्दै साइबर ब्युरोमा पत्राचार गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्