Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


राष्ट्रिय एकतालाई मजबुत् गरेर राष्ट्रलाई अगाडि बढाउनुपर्छ : पूर्वराष्ट्रपति यादव


0
Shares

काठमाडौं, असोज ८ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले रााष्ट्रिय एकतालाई मजबुत् गरेर राष्ट्रलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. सुन्दरराज चालिसेको शतवार्षिक जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले लोकतान्त्रिक पद्धतिबाटै देशलाई अघि बढाउन सकिने बताए ।

कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादव र वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले गोपाल बादे श्रेष्ठ र नूतन थपलियालाई सम्मान गरेका थिए ।

यस्तै, भोलामान सिंहलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

कार्यक्रममा सुरेशराज चालिसेद्वारा लिखित ‘क्रान्तिको आँधीबेहरीमा पिताजीको खोजी’ नामक पुस्तकको लोकार्पण पनि गरिएको थियो ।