काठमाडौं ।
दक्षिण अफ्रीकामा स्कुल बस र ट्रक ठोक्किएर भएको सडक दुर्घटनामा १३ जना बालबालिकाको मृत्यु भएको छ ।
गौन्तेंग प्रांन्तको जोहानसबगे दक्षिण–पश्चिमी क्षेत्रमा आज विहान विपरित दिशाबाट स्कुले विद्यार्थी लिएर आईरहेको मिनिबसलाई अगाडीबाट ट्रकले ठक्कर दिदा ११ बालबालिकाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको अन्तराष्टिय संचारमाध्यमले जनाएका छन् ।
अन्य ५ घाइते बालबालिकाको अस्पतालमा उपचार भइरहेको छ । यो कहालीलाग्दो दुर्घटनाले पुरै गाउँ शोकमा डुबेको बताइएको छ ।
अधिकारीहरुका अनुसार निजी मिनीबसले बालबालिकालाई अलग–अलग प्राथमिक र माध्यमिक स्कूलमा पुर्याउन जादै गर्दा तीब्रगतिमा आएको ट्रकले अरु सवारी साधनलाई ओभरटेक गदै बसलाई ठक्कर दिएको थियो ।





प्रतिक्रिया दिनुहोस्