काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिनुभएकाे छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीका लागि उनले पदबाट राजीनामा दिएको जानकारी दिइएको छ।
स्रोतका अनुसार खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने तयारीमा हुनुहन्छ । उहाँ फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारीसहित कार्की नेतृत्वको सरकारमा सहभागी हुनुहुन्थियाे।






प्रतिक्रिया दिनुहोस्