Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


नेकपा वरिष्ठ नेता खनाल र गौतम प्रतिनिधि सभा चुनाव नलड्ने


3.7k
Shares

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल र बामदेव गौतम फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्।

इलाम–१ बाट चुनाव लड्दै आएका खनालले उमेर र अन्य कारण देखाउँदै निर्वाचन क्षेत्र युवालाई छाडेको बताएका छन्।
उता बामदेव गौतम पनि यसपटक चुनावी प्रतिस्पर्धामा नउत्रिने भएका छन्।

पार्टीले प्यूठानमा फरक उम्मेदवार तय गरेपछि असन्तुष्ट बनेका गौतम उम्मेदवार नबन्ने मनस्थितिमा पुगेका हुन्। नेकपाले इलाम, बर्दिया र प्यूठानमा नयाँ उम्मेदवारहरू चयन गरेको छ।