Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


काठमाडौं महानगर प्रहरी प्रमुख जोशीद्वारा पदभार ग्रहण


910
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख (एसपी) विष्णुप्रसाद जोशीले साेमबार पदभार ग्रहण गर्नुभएकाे छ ।

यस अघिका प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताको आधारमा जोशीले नगर प्रहरीको कमान्ड सम्हाल्नुभएकाे हाे । काठमाडौं महानगरको विपद व्यवस्थापन प्रमुख, मध्ये क्षेत्र कमान्ड प्रमुख जस्ता पद सम्हालेका जोशी यस अघि पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले निलम्बन गर्दा पनि निमित्त भएर काम गर्नुभएकाे थियाे।

राजनीतिमा लाग्ने भन्दै महानगरका मेयर बालेन्द्र शाह बालेनसँगै प्रमुख पाण्डेले पनि राजीनामा दिनुभएकाे थियाे । उहाँको राजीनामा स्वीकृत भएसँगै जोशीले साेमबारदेखि औपचारिक रूपमा नगर प्रहरी प्रमुखको पद सम्हाल्नुभएकाे हाे । प्रमुख जाेशीले पदभार ग्रहण गर्दै नगर प्रहरीका सिनियर अधिकृतहरूसँग छलफल तथा निर्देशन दिनुभएकाे छ ।