Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


आगामी निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रियामा विधान कारण हात बाँधियाे: सभापति थापा

पार्टीभित्रको आन्तरिक विवाद र कानूनी झमेलाका कारण टिकट वितरणमा ढिलाइ

2.9k
Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताउनुभएकाे छ।

उहाँले उम्मेदवार छनोटको अन्तिम चरणमा आइपुग्दा केन्द्रबाट टिकट बाँड्ने परिपार्टी नै गलत भएको बताउनुभएकाे हाे । तर अहिलेको विशिष्ट परिस्थितिले बाध्यता सिर्जना गरेको समेत उहाँले स्वीकार गर्नुभयाे। सभापति थापाले साेमबार सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै तल्लो तहबाटै उम्मेदवार छानिनुपर्ने पक्षमा आफू रहे बताउनुभएकाे छ । पार्टीको पुरानो विधान अनुसार १ सय ६५ वटै क्षेत्रबाट सिफारिस आइसकेकाले केन्द्रबाट निर्णय गर्नुपरेको बताउनुभयाे। उहाँले कतिपय स्थानमा दर्जनौं नाम सिफारिस भएको र कतिपय ठाउँमा नमिलेको अवस्थामा आफू जिम्मेवारीमा आइपुगेको समेत बताउनुभएकाे छ।

पार्टीभित्रको आन्तरिक विवाद र कानूनी झमेलाका कारण टिकट वितरणमा ढिलाइ भएको उहाँले बताउनुभयाे। जिम्मेवारी सम्हाले लगत्तै निर्वाचन आयोग धाउनुपर्ने अवस्था आएको र केही नेताहरूले चित्त नबुझेर कानूनी बाटो खोजेकाले समयको अत्यधिक चाप परेको समेत सभापति थापाले जानकारी गराउनुभएकाे छ। आइतबार साँझसम्म पनि सबैलाई मिलाएर लैजाने प्रयास गर्दा समय घर्किएको उहाँले बताउनुभयाे ।