Logo ४ माघ २०८२, आइतबार | Sun Jan 18 2026


एमाले कार्यलयमा तालाबन्दी


1k
Shares

ओखलढुंगा ।
ओखलढुंगामा सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै एमालेको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।

उम्मेदवार चयन प्रक्रियामा असन्तुष्टि जनाउँदै एमाले ओखलढुंगाका ४ वटा भातृ संगठनका युवाहरुले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।

जिल्ला कमिटीले सिफारिस गरेका ५ जनाबाहेक व्यक्तिगत आधारमा केन्द्रले अन्य उम्मेदवार छनोट गरेपछि उनीहरुले आज जिल्ला सदरमुकाममा रहेको पार्टी कार्यलयमा गएर तालाबन्दी गरेको बताएका छन् ।

जिल्लाबाट सिफारिस भएका एमाले नेता ईश्वर पोखरेल, यज्ञराज सुनुवार, अम्बिरबाबु गुरुङसहितका ५ जना नेताबाहेक हिजो केन्द्रले एमाले केन्द्रीय सदस्यसमेत रहेकी ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापालाई आगामी निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ ।