काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ‘सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट उर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिने बताउनुभएको छ ।
काठमाडाैंमा आइतबार २६ औं इप्पान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तोबताउनुभएको हो । उहाँले नेपालको जल भण्डारको बहुआयामिक उपभोग, उपयोग तथा स्वच्छ उर्जामार्फत समृद्धिका लागि माइलस्टोन हासिल गर्न सक्ने सम्भावनमा प्रचुर मात्रामा दखिएको बताउनुभयो । कानूनका समस्याबारेमा हालसम्म किन पहल भएनन् भन्ने आफ्नो गुनासो व्यवसायीहरुसँग पनि रहेको बताउनुभएकाे छ। उहाँले जलविद्युतलाई स्वच्छ उर्जाको रुपमा विकास र प्रवद्र्धन गर्न राज्यले प्राथमिकता दिनुपर्ने बताउनु भयो । जलश्रोतको साथसाथै सौर्य उर्जा र अन्य उर्जाका माध्यमलाई पनि प्राथमिकता दिन जरुरी रहेको बताउनुभयो ।
जलविद्युत उत्पादनमा देखिएको उत्साहजनक लगानी, विकासका सम्भावनाबीच घरेलु कृषि, व्यवसायीक उद्योग, यातायात, निर्माण र खानीजस्ता क्षेत्रहरुमा परम्परागत उर्जालाई क्रमशः स्वच्छ-नवीकरणीय विद्युत उर्जाले प्रतिष्थापन गर्नेगरी स्वच्छ उर्जा रुपान्तरण नीतिगत तथा कार्यक्रमगत प्राथमिकतामा राख्न आवश्यक रहेको पनि बताउनुभयो । १५ वर्ष पहिला कति कानूनको आवश्यकता र कति वटा कानूनको अन्तरसम्बन्धले अफ्ठ्यारो परेको भन्ने कुराको अध्ययन भएता पनि त्यसकाे बारेमा हालसम्म कुनै पहल नभएको बताउनुभएकाे छ।
मन्त्री सिन्हाले नेपालको उर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी तथा सार्वजनिक-निजी साझेदारीका सफल अभ्यासलाई अर्थतन्त्रका अन्य क्षेत्रमा सिकाईको रुमपा लिने गरेको बताउनुभयो । विद्युतीय क्षेत्रमा उदारिकरणको साथसाथै विदेशी लगानीको आगमन भइरहेको बताउनुभएकाे छ। उर्जा उत्पादनसँगै मुलुकको अर्थतन्त्रको विकास र विस्तार बाहेक बजार विस्तार, विकास तथा व्यवसायीकरणमा पनि इप्पानले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उर्जा क्षेत्रको थप विकासका लागि लगानीमैत्री वातावरण बनाउन सरकारले पहल गरिरहेको उहाँकाे दवी छ।





प्रतिक्रिया दिनुहोस्