Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


राष्ट्रिय सभाको अधिवेशन आजदेखि शुरू हुँदै (कार्यसूचीसहित)


143
Shares

काठमाडौं । राष्ट्रिय सभाको १९औं अधिवेशन आइतबारदेखि शुरु हुने भएको छ ।

नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले संघीय संसद सचिवालय सिंहदरबारमा अधिवेशन आइतबार बिहान ११ बजेदेखि सञ्चालन हुने भएको हो। अधिवेशनको पहिलो बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यहि माघ ४ गते आइतबार बिहान ११ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको थियो। गत भदौ ३१ गते राष्ट्रिय सभाको १८औं अधिवेशन अन्त्य भएको थियो ।

यसैबीच, निर्वाचन आयोगले यहि माघ ११ गते राष्ट्रिय सभाको १९ सदस्यका लागि निर्वाचनको तयारी समेत गरेको छ ।