Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह


5.3k
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्य उम्मेदवारको प्रस्तावित सिफारिस सूचीबाट आफ्नो नाम हटाउन पार्टीसँग आग्रह गरेका छन् ।

डा। खड्काले पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवलाई सम्बोधन गर्दै कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा सिफारिस गरिएकोमा आफ्नो नाम हटाइदिन अनुरोध गरेका हुन् ।

उनले केन्द्रीय कार्यालयमार्फत सम्बन्धित निकायलाई आफ्नो निवेदनबारे जानकारी गराइदिन पनि आग्रह गरेका छन् ।