Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


कांग्रेस सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जान्छ: उपसभापति शर्मा

महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेबीचको दरार-दुरी नराखी पार्टीलाई अगाडि बढाउने दावी

1.8k
Shares

काठमाडाैं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा आगामी चुनावमा जाने घोषणा गरेको छ।

कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले शुक्रबार सामाजिक संजाल फेसबुक लाइभ भिडियाे मार्फत यस्तो घोषणा गर्नुभएकाे हाे। उहाँले आगामी दिनमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेहरूबीचको दरार र दुरी नराखी पार्टीलाई अगाडि बढाउने पनि बताउनुभयाे। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएकाे निर्णय गरेपछि उपसभापति शर्माले यस्तो प्रतिक्रिया दिनुभएकाे छ।

उपसभापति शर्मा अब कांग्रेस पार्टीले जेनजी आन्दोलनले माग गरेको सुशासन प्रत्याभूत गर्ने संकल्प पनि व्यक्त गर्नुभयाे। विगतमा भएका कमी-कमजोरीका लागि आत्मालोचित हुँदै त्यसलाई सच्याएर अघि बढ्ने समेत उहाँले बताउनुभएकाे छ ।