काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले आफूहरुलाई आधिकारिकता नदिए देशैभरी आन्दोलन गर्ने चेतावनी दिएको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिनुभएको हो । उहाँले षड्यन्त्र र दबाबमा परेर निर्वाचन आयोगले पार्टी विधान र संविधानविपरित निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिनुभयो । उहाँले पार्टीको केन्द्रिय कार्यसमितिबाहेक कुनैपनि पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै आफूहरु नै आधिकारिक भएको जिकिर गर्नुभएकाे छ ।
गत पुस अन्तिममा काठमाडौंमा सम्पन्न पार्टीको विषेश महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस विभाजित भएको हाे। पार्टीको संस्थापन पक्ष र विशेष पक्ष वैधानिकताको लडाइँमा रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्