काठमाडौं । नेपाल-जापानी नवप्रवर्तनमा विश्वव्यापी अग्रणी शार्पले नेपाली बजारमा आफ्नो पहिलो प्रिमियम फ्रन्ट लोड वाशर शृङ्खला ‘प्रो–वास भीआईपी २०२६’ को आधिकारिक शुरुवात गरेको छ।
सन् १९१२ देखि विश्वभरी विश्वास जित्दै आएको शार्पले यस नयाँ शृङ्खलामार्फत जापानको गुणस्तर, स्थायित्व, स्वच्छता र उन्नत कपडा हेरचाह प्रविधि नेपाली घरपरिवारमा भित्र्याउने प्रतिबद्धता व्यक्त गरेको हाे। स्मार्ट र दीर्घकालीन घरेलु उपकरणको माग बढिरहेकाे समयमा शार्प प्रो-वास भीआईपी शृङ्खलाले अटो टब क्लिन टेक्नोलोजी, ब्रशलेस इन्भर्टर डीसी (बीएलडीसी) मोटर, १५ मिनेटको द्रुत धुलाई, उच्च दाग हटाउने क्षमता र डायमंड इनर टब डिजाइन जस्ता अत्याधुनिक विशेषता समेटेको छ।
नयाँ उत्पादन सार्वजनिक गर्दै शार्प सिंगापुरका प्रबन्ध निर्देशक श्री वू किट च्यूले शार्प दैनिक जीवनसँग मेल खाने नवीनता प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयाे। उहाँले नेपालका लागि यो केवल प्रविधि मात्र नभई वर्तमान र भविष्यका पुस्ताका घरपरिवारलाई सहयोग गर्ने दीर्घकालीन प्रतिबद्धता भएको उल्लेख गर्नुभएकाे छ । अटो टब क्लिन प्रविधिले अन्तिम स्पिन चक्रमा उच्च गतिको घुमाइ र पानी प्रयोग गरी टबभित्रको डिटर्जेन्ट र फोहोर हटाएर स्वच्छ धुलाई वातावरण सुनिश्चित गर्ने जनाइएकाे हाे। त्यस्तै, १५ मिनेटको द्रुत धुलाई सुविधाले हल्का फोहोर कपडालाई कम समयमा प्रभावकारी रूपमा सफा गर्न मद्दत गर्ने समेत दावी गरिएकाे छ ।
२० प्रतिशत सुधार गरिएको बीएलडीसी मोटरले शान्त सञ्चालनका साथ शक्तिशाली धुलाई प्रदान गर्ने र १ हजार ४ सय आपीएम स्पिन गतिले छिटो सुकाउने क्षमता दिने कम्पनीको दावी छ। जायन्ट रिब्ड वेभ टब र डायमंड इनर टब डिजाइनले हातले मिचेजस्तै धुलाई अनुभव दिँदै कडा दाग हटाउने र कपडामा कोमल रहने छ।
शार्प ‘प्रो-वास भीआईपी २०२६’ वाशर शृङ्खला यहि जनवरी महिनादेखि देशैभरीका अधिकृत डिलरहरूमा ८ केजी, ९ केजी र १० केजी क्षमतामा उपलब्ध हुने कम्पनीले जनाएकाे हाे ।





प्रतिक्रिया दिनुहोस्