काठमाडौं । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्र देखिएको विवाद समाधान गर्न संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच संवाद जारी रहेपनि निष्कर्ष निस्कन नसकेको बताउनुभएको छ ।
पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता साउदले यस्तो बताउनुभएको हो । उहाँले विशेष महाधिवेशनको कार्यतालिका स्थगित गरेर गगन–विश्व समूह समेत संवादमा सक्रिय रहेको दाबी गर्नुभयो ।
उहाँले विशेष महाधिवेशन पक्षधरले अघि सारेका विधानअनुरुपका मागहरु सम्बोधन गर्न पार्टी नेतृत्व तयार रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘वार्ता अगाडि बढेको छ । तर निष्कर्ष निकाल्न सकिएको छैन ।
भृकुटिमण्डपमा भेला गरिरहनुभएको साथिहरु पनि कार्यतालिका स्थगित गरेर आउनुभएको छ । संवाद जारी छ । उहाँहरुले जे प्रश्ताव ल्याउनुभएको छ । हामी सकारात्कम प्रश्तावलाई सकारात्मक रुपमै लिएका छौँ । उहाँले पनि निर्वाचनको तालिका स्थगित गरेर आउनुभएको छ । पार्टी एकतालाई कायम गर्नको लागि सबै गम्भीर हुनुपर्छ । अहिले केन्द्रीय समिति बैठक जारी छ ।
पार्टी विधानअनुसारका मागहरु सम्बोधन गर्न पार्टी नेतृत्व सकारात्मक छ । भृकुटिमण्डपबाट उनीहरुले भेला स्थगित गरेर फर्किनुपर्छ ।’ उहाँले भृकुटिमण्डपमा जारी विशेष महाधिवेशनलाई भेलाको संज्ञा दिँदै उक्त भेला स्थगित गरेर फर्किन समेत आग्रह गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्