काठमाडौं ।
बहुप्रतिक्षित र चर्चित पश्चिम सेती गन्तव्य तथा डडेल्धुराको ग्रामीण सडक पोखरा–बेलापुर सडक कालोपत्रे निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले छनोट गरेका प्रदेश गौरवका सडक आयोजना अन्र्तगत करिब ४३ करोड बढी लागतमा पोखरा–बेलापुर सडक कालोपत्रे निर्माणको काम ९५ प्रतिशत काम सम्पन्न भएको छ ।
२०७७ असार २८ गते के.एस. कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको सडक २०८० असार २७ गते सम्पन्न गरी सक्नुपर्ने भए पनि सडक निमार्ण गर्ने क्रममा सल्लाका रुखहरु काटिएको र वन मुद्धाका कारण निर्माण सक्न केहि बढी समय लागेको निर्माण कम्पनीले जनाएको छ ।
१८ किलोमिटरको सडक तीन खण्डमा विभाजित गरेर कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको पुर्वाधार विकास कार्यालयका प्रमुख नवराज रावलले बताउनुभएको छ ।
सडक कालोपत्रे भएपछि ग्रामीण क्षेत्रमा सर्वसाधारणलाई सहज हुनुका साथै कृषकको उत्पादनले राम्रो बजार पाउने विश्वास गरिएको छ ।
अमरगढी नगरपालिका सहित नवदुर्गा गाउँपालिकाको पुरै भूगोललाई समेट्ने यो सडक डडेल्धुरा सदरमुकाम हुँदै बहुचर्चित पश्चिम सेती नदी तथा जलविद्युत परियोजना र जलाशय क्षेत्रसँग जोडिने ३८ किलोमिटर मध्ये जम्मा आधा मात्र स्तरोन्नति भएको हो ।





प्रतिक्रिया दिनुहोस्