काठमाडाैं ।
नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरहरुले महाधिवेशनमा सहभागी भइ हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या सत्तरी प्रतिशत पुर्याउने दाबी गरेका छन् ।
सोमवार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशन पक्षधरहरुले यसबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलले आईतवार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरुको संख्या २ हजार ६ सय ६२ रहेकोमा सोमवार ६.२४ प्रतिशतले बढेको बताउनु भयो ।
संस्थापन पक्ष विधानले नचिन्ने भन्दै पार्टीका नेताहरुलाई बन्दसत्रमा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिहरुको संख्या सत्तरी प्रतिशत पुर्याएर देखाइदिने बताउनु भयो । मंगलवार नेतृत्व चयनका लागि बन्दसत्र शुरु हुने पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो हाम्रो संख्या भन्दा आज ६.२४ प्रतिशतले बढेको छ । हिजो २ हजार ६ सय ६२ थियो । त्यसमा ६.२४ बढ्दा ६३ प्रतिशत भन्दा बढीले हस्ताक्षर गर्नुभएको छ । कोही आउने क्रम जारी छ । संस्थापन हाम्रो विधानले चिन्दैन । पार्टीका नेताहरुलाई आग्रह गर्दछुः ६६ प्रतिशत भन्ने सुनियो, हामी सत्तरी पु-याएर देखाइदिन्छौँ ।
भोलि हाम्रो ९ बजे बन्दसत्र शुरु हुन्छ । ९ वटा ग्रुपहरु रहनुभएको छ । कोशी प्रदेशले रिपोर्ट बुझाउनुभएको छ । भोलि निर्वाचन शुरु हुन्छ ।’ मंगलवार निर्वाचन, अनुशासन, केन्द्रिय समिति लगायतका समितिहरु भंग गर्ने बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्