Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला


455
Shares

काठमाडौं ।
नेपाली काँग्रेसका नेता डा.शशांक कोईरालाले वार्ताबाट पार्टीको समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वार्ताको माध्यमबाट सबै कुराको समाधान हुने भएकाले वार्ताका लागि डा। शेखर कोईरालाले पहल शुरु गर्ने बताउनुभयो ।

सोमवार महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशन आह्वान गरेर बन्दसत्र शुरु गरेसँगै सभापति शेरबहादुर देउवा निवासमा नेताहरुबीच छलफल भएको थियो । छलफलपछि वार्ताका माध्यमबाट सबैकुराको समाधान निकाल्ने बताइएको छ ।
उहाँले भन्नुभयो, ‘वार्ताबाट सबैकुरा समाधान हुन्छ, वार्ता नै नगरी कसरी हुन्छ । वार्ताबाट समाधान गर्नुपर्छ । शेखर दाईले कुरा गर्नुहुन्छ ।’ आईतवार काठमाडौंमा महामन्त्री द्वयको आह्वानको विशेष महाधिवेशन शुरु भएको छ ।