Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


काभ्रेमा सीडीओ कार्यालयभित्र जलेको अवस्थामा पुरुषको शव फेला


5.5k
Shares

काभ्रेपलाञ्चोक ।

जिल्ला प्रशासन कार्यालय (सीडीओ) काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनभित्र एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ ।

ठेकेदार विवादका कारण लामो समयदेखि निर्माण कार्य रोकिएको उक्त भवनभित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे छ । प्रहरीका अनुसार जलेको अवस्थामा भेटिएको शव केही दिनअघिकै हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा ती व्यक्ति पछिल्ला केही दिनदेखि सोही निर्माणाधीन भवनमा बस्दै आएको देखिएको छ । घटनास्थलमा खाना पकाएर खाएको प्रमाण फेला परेको र मृतक सडकमा प्लास्टिक संकलन गर्दै हिँड्ने व्यक्ति हुन सक्ने प्रहरीको भनाइ छ ।

घटनाको कारण र मृतकको पहिचान खुलाउने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।