Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


कांग्रेसको केन्द्रीय कार्यसमितिमा जेनजी उमेर समूहका २० जना अनिवार्य


299
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा जेनजी उमेर समूहका २० जना अनिवार्य समेट्ने प्रस्ताव पेस गरिएको छ ।

विशेष महाधिवेशनमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री विश्वप्रकाश शर्माले यस्तो प्रस्ताव गर्नुभएकाे हाे । शर्माको प्रस्तावमा भनिएको छ, केन्द्रीय कार्यसमितिमा ३० वर्षमुनिको २० र ३० कटेर ४० नकटेका २० गरी ४० जनाको प्रतिनिधित्व रहने ।

यस्तै प्रदेश कार्यसमितिमा दुवै उमेर समूहको १०/१० जना रहने प्रस्ताव गरिएको छ । यस्तै भ्रातृ र शुभेच्छुक संस्थाबाट पार्टीको महाधिवेशनमा प्रतिनिधिमध्येबाट उक्त संस्थाहरूको प्रतिनिधि मात्रै मतदाता बन्ने गरी न्यूनतम १ महिलासहित तीनजना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएकाे छ ।