Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


देउवालाई गगन थापाको आग्रहः विशेष महाधिवेशन पार्टीको कार्यक्रम हो, सहभागी हुनुस्


585
Shares

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई पुनः आग्रह गर्नुभएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा आफ्नो राजनीतिक प्रश्ताव पेश गर्ने क्रममा उहाँले विधान सम्मत ढंगले आयोजना गरिएको विशेष महाधिवेशनमा सहभागी हुन पार्टी सभापति देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरुलाई पुनः आग्रह गर्नुभएको हो ।

उहाँले कार्यक्रममा सहभागीता जनाउनका लागि देशभरका नेता, कार्यकर्ताहरुले आफूसँग सम्पर्क गरिरहेको भएपनि नेताहरुसँग डराएर आउन नसकेको जिकिर समेत गर्नुभयो । महामन्त्री थापाले आफूहरुले आयोजना गरेको विशेष महाधिवेशनलाई कसैले पनि अवैधानिक ठहर्‍याउन नसक्ने दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,हामी बन्दसत्रबाट पनि पार्टीका सभापतिजीलाई, पार्टीका कार्यबहाक सभापतिजीलाई यो पार्टीको कार्यक्रम हो । यो कुनै अलग कार्यक्रम होइन । पार्टीको विधानसम्मत ढंगले भएको यो कार्यक्रम तपाईहरुको सहभागिता अहिले पनि हामीले अनुरोध गरिरहेका छौ ।

यो भनिरहँदा अहिले थुप्रै साथीहरुले मलाई सम्पर्क गरिराख्नु भएको छ । कोही बाहिर सम्पर्क गरिराख्नु भएको छ । कोही भित्र सम्पर्क गरिराख्नु भएको छ । यहाँ मान्छे पठाएर भनिराख्नु भएको छ । आउन चाहनु भएको छ । तर जिल्लाका नेताहरुसँग डराउनु भएको छ ।’ महामन्त्री थापाले देशलाई आशाको सञ्चार गराउन पनि काँग्रेस जागेर अघि बढ्नुपर्ने बताउनुभयो ।