Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


विवाह समारोहमा ग्यास विस्फोट हुँदा नवविवाहित जोडीसहिट ८ जनाको मृत्यु


4.7k
Shares

काठमाडौं ।
पाकिस्तानमा विवाह समारोहमा ग्यास सिलिण्डर विस्फोट हुँदा नवविवाहिता जोडीसहिट ८ जनाको मृत्यु भएको छ ।

राजधानी इस्लामाबादमा आज भएको विस्फोटमा ८ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । विवाह समारोह चलिरहेको बेला अचानक ग्यास सिलिण्डर विस्फोट भएको बताइएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार विस्फोट यति भीषण थियो कि विस्फोटबाट घर पुरै ढलेको थियो । विस्फोटबाट आसपास रहेका ४ वटा घरमा समेत क्षति पुगेको स्थानियले बताएका छन् ।

विस्फोटलगतै जलेको घरबाट १९ जनालाई उद्धारकर्ताहरुले उद्धार गरि जिवितै बाहिर निकालेका थिए ।