Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


भृकुटीमण्डपको लहर देखेर निर्णय पुनर्विचार गर्न कांग्रेस नेतृत्वलाई बजरंग नेपालीको आग्रह


364
Shares

काठमाडौँ ।
नेपाली कांग्रेसका महासमिति सदस्य बजरंग नेपालीले भृकुटीमण्डपमा देखिएको व्यापक सहभागितालाई आत्मसात् गर्दै आफ्नो निर्णयमा पुनर्विचार गर्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभएकाे छ ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै महोत्तरीका नेता नेपालीले पार्टीभित्रको अहंकार त्यागेर समन्वयका माध्यमबाट समाधान खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयाे ।

उहाँले महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहेको उल्लेख गर्दै नेतृत्वलाई जनमतको सम्मान गर्न आग्रह गर्नुभयाे।

यहाँ ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि साथीहरूको उपस्थिति छ। यो पार्टी हो कि होइन? यो पार्टीको एकता हो कि होइन? ’ भन्दै उनले पार्टी सभापति कार्यबाहक सभापति तथा संस्थापन पक्षका केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्नुभएकाे छ। अहंकारले कसैको हित गर्दैन। यसले पार्टी चल्दैन। फेरिएको जनमत स्वीकार गरेर पार्टीलाई एकताबद्ध बनाउनुहोस्। समन्वयबाट समाधान खोज्नुहोस्,’ उहाँले भन्नुभयाे ।

नेपालीले आवेगबाट होइन, अनुशासन र विधानको सीमाभित्र रहेर समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै पार्टी एकताका लागि जिम्मेवार र परिपक्व नेतृत्व आवश्यक रहेको धारणा राख्नुभएकाे छ।