एजेन्सी । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा यात्रुवाहक बस पहाडी सडकबाट चिप्लिएर गहिरो खोंचमा खस्दा करिब ९ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी अन्य ४० जना घाइते भएका हुन् । अधिकारीहरूले बस दुर्घटना हिमाचल प्रदेशको राजधानी सिमलाबाट करिब १ सय ४२ किलोमिटर दक्षिण–पूर्वमा पर्ने सिरमौर जिल्लाको हरिपुरधार गाउँमा भएको बताएकाे छन् ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको पनि प्रहरीले बताएकाे हाे।





प्रतिक्रिया दिनुहोस्