काठमाडौं । डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार राति दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकोछ।
दुर्घटनामा परी दुवै जना घाइतेलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको हो । जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्र्याक्टर र गाइबाधेबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको थियो ।
परशुराम नगरपालिका नै घर भएका ३२ वर्षीय ट्याक्टर चालक सुरेश भट्ट भने फरार रहेका छन् । उनको खोजतलास जारी रहेको प्रहरीले बताएको हो ।







प्रतिक्रिया दिनुहोस्