काठमाडाैं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सडक दुर्घटना न्युनिकरणका लागि सबैले जिम्मेवारीवोध गर्न जरुरी रहेको बताउनुभएको छ ।
शनिवार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सडक दुर्घटनाका कारण वर्षेनी २ हजार बढीलेज्यान गुमाइरहेको भन्दै यसबारे चालक, पैदल यात्री, अभिभावक सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
आर्थिक वर्ष २०८०–०८१ मा सडक दुर्घटनाको कारणले गर्दा मृत्यु हुनेको स्ंख्या २ हजार ३ सय ६९ जनाको ज्यान गएको र आर्थिक वर्ष २०८१–०८२ मा सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ४६ जनाको ज्यान गएको बताउनु भयो । सडक दुर्घटना घटाउने प्रतिवद्धता जनाएपनि वर्षेनी दुर्घटना बढिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सबैको जिम्मेवारी हो । बालबालिकादेखि, ज्येष्ठ नागरिकसम्म सबै क्षेत्रका नागरिकले ट्राफिक नियमको पालना गर्नुपर्छ । आर्थिक वर्ष २०८०–०८१ मा सडक दुर्घटनाको कारणले गर्दा मृत्यु हुनेको स्ंख्या २ हजार ३ सय ६९ छ । आर्थिक वर्ष २०८१–०८२ मा सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ४६ रहेको छ ।
हामीले दुर्घटना घटाउँछौँ भनिरहेका छौँ तर तथ्यांकले भने बढेको देखाइरहेको छ । सडक दुर्घटना घटाउन हामी सबै लाग्नुपर्छ । यसमा हामीले जिम्मेवारी लिनसके दुर्घटना न्युनिकरण हुँदै जान्छ ।’ उपप्रमुख डंगोलले टिप्पर ड्राभइरले लापरवाही गरेर सवारीसाधन चलाइरहेको बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्