Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै (विज्ञप्तिसहित)


1.2k
Shares

काठमाडौंं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबारका लागि बोलाएको छ।

सोही बैठक शनिबार बिहान ९ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भको हो। कांग्रेसले शनिबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुनको लागि अनुरोध गरेको छ ।


संस्थापन इतर समूह भने विशेष महाधिवेशनको अन्तिम तयारीमा रहेको छ । सोही समयमा संस्थापन पक्षले बोलाइएको आकस्मिक बैठकलाई अर्थपूर्ण हेरिएको हो ।