Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


सुदन गुरुङको उम्मेदवारी घोषणा


13
Shares

काठमाडाैं ।
काउन्सिल फर जेन–जीका संयाजक सुदन गुरुङले पनि आगामी निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

गुरुङले आज सामाजिक सञ्जालमार्फत आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै गोरखा क्षेत्र नम्बर १ बाट आगामी निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

चुनाव लड्नका लागि सवैतिरबाट दबाव आएको भन्दै उनले नाइँ भन्दाभन्दै चुनाव लड्ने निर्णय गेको बताएका छन् । अब सदनमै जाने निर्णय गरेको पनि गुरुङको भनाइ छ ।