Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


चालु वर्षको पाँच महिनामा झण्डै ९ खर्ब रेमिट्यान्स आयो


65
Shares

काठमाडौं ।

पछिल्ला पाँच महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको शुरुवाती पाँच महिनाको तुलनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले बढी हो । गत मङ्सिर महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ८३ अर्व १८ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब १८ अर्ब ७९ करोड रहेको थियो । यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने संख्या १ लाख ७५ हजार ५९१ रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६३ हजार ९२४ रहेको छ ।

समीक्षा अवधिमा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५८ अर्व ४५ करोडले बचतमा थियो । यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोडले वचतमा रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा २ खर्ब २५ अर्व ३४ करोडले बचतमा थियो ।

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई मङ्सिर मसान्तमा ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ ।