Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


एमालेले केन्द्रीय सदस्य मनोनयन नगर्ने


1.2k
Shares

काठमाडाैं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तत्काल केन्द्रीय सदस्य मनोनयन नगर्ने भएको छ । एमालेले पोलिटब्यूरो तथा स्थायी कमिटी गठन र समग्र कार्यविभाजन पनि तत्काल नगर्ने भएको छ ।

एमालेको दोस्रो केन्द्रीय कमटी बैठक शनिबार (भोलि) बस्दै छ । एमाले केन्द्रीय कमिटी बैठक शनिबार बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बैठक बस्दै छ ।

बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको रणनीति तथा समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।

गत पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले नै यही पुस २६ देखि २८ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो ।