काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि संसद र सरकार दुवैमा युवाहरुको वर्चश्व रहने दाबी गर्नुभएको छ ।
शुक्रवार आफ्नो मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो आँकलन गर्नुभएको हो । मन्त्री खरेलले तोकिएको मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद र सरकारमा युवाहरुको वर्चश्व हुने भएकाले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासले त्यसले महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले संसद र सरकार दुवैमा युवाहरुको वर्चश्व हुनु मुलुकका लागि नै खुशीको कुरा भएको समेत बताउनुभयो । उहाँले भन्नुभयो,ॅचुनाव हुन्छ फागुन २१ मा । चुनाव भएपछि तपाईहरुलाई एउटा कुरा भनौँ–मेरो विचारमा जुनसुकै पार्टीले पनि अहिले कोटाहरु तोकेको छ युवाहरुका लागि । यो हामी आशा गर्ने ठाउँ हो । मैले यो फेक धरातलमा भनेको होइन । यस पटक पार्लियामेन्टमा वा गोभरर्मेन्टमा जुनसुकै पार्टीबाट आएपनि युवाहरुको यस्तो वर्चश्व हुनेवाला छ । युवाहरुको वर्चश्व हुुन भनेको यो डिपार्टमेन्टको लागि खुशीको कुरा हो । त्यो संसदको समिति हुन्छ । त्यहाँ आवाज उठछ । सरकारमा आवाज उठ्छ कि अब आईसिटीतर्फ नबढी हुँदैन नेपाल बनाउने हो भनेर त्यो युवाहरुको जमात आईराख्दा यसलाई अगाडि बढाउनुपर्छ । अब म आफैँ तपाईसँग मन्त्रीको रुपमा तपाईहरुसँग रहेर काम गर्ने अवधिसम्म मैले त डिजी सावलाई भनेको छु–हलो अडकाएर जति गोरु चुटेपनि अगाडि बढ्न सक्दैन । मेरै ठाउँबाट ती कुराहरु अडकीराखेको हुनाले तपाईंहरुले जे गर्नुहुन्छ, त्यसमा मेरो सहमती हुन्छ ।’
मन्त्री खरेलले सीमित स्रोत र साधनका कारण सो विभागले चाहेजति काम गर्नसक्ने अवस्था नभएकोतर्फ आफू सचेत रहेको पनि बताउनु भयो । उहाँले स्रोत र साधनको अभावमा आफूले पनि मातहतका निकायलाई काम गर्न निर्देशन दिने अवस्था नभएको पनि स्वीकार गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्