Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यको भेला गर्दै


4.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले शुक्रबार आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला आयोजना गर्ने भएको छ।

कांग्रेसभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सल्लाहका लागि शुक्रबार बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा सस्थापन पक्षीय केन्द्रीय सदस्यहरूलाई बोलाएको हो । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेको समयम संस्थापन पक्षीय सदस्यहरूको भेला आह्वान गरिएको हो ।

संस्थापन पक्षीय पदाधिकारी र सदस्यहरूले बिहीबार सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि उहाँले आफ्नो समूहका सदस्यहरूको भेला बोलाउनुभएको हो।