काठमाडौं ।
नेपाल सौर्य उर्जा उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित हुनुभएको छ ।
राजधानीमा हालै सम्पन्न संघको २५औं वार्षिक साधारणसभा एवं निर्वाचनबाट आगामी नयाँ अध्यक्षमा मल्ल निर्वाचित हुनुभएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा दिपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले, द्धितीय उपाध्यक्षमा सुदर्शन बानियाँ, महासचिवमा नेत्रबहादुर खत्री, सचिवमा केशवराज शर्मा र कोषाध्यक्षमा रामप्रसाद कोइराला निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष मल्लले नेपालको सौर्य उर्जाको विकासका लागि सबैलाई समेटेर अगाडि बढ्ने बताउनुभयो ।
उहाँले मुलुकको प्रमुख राजमार्गमा सोलार बत्ती जडान, सोलार विद्युत् उत्पादन लगायतमा आफु निरन्तर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।





प्रतिक्रिया दिनुहोस्