Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


सबैलाई एकतावद्ध गरेर लैजानेबारे छलफल जारी छः धनराज गुरुङ


1.5k
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सबैलाई एकतावद्ध गरेर लैजानेबारे छलफल जारी रहेको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेको सन्दर्भमा केन्द्रिय कार्यसम्पादन समितिले भने नियमित महाधिवेशनको तालिका सार्वजनिक गरेको छ ।

पुस २६ गतेदेखि महामन्त्रीद्वयले बोलाउनुभएको विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे सबैलाई मिलाएर लैजानेबारेमा छलफल चलिरहेको उपसभापति गुरुङले बताउनु भयो । सबैको चाहना पार्टी बलियो होस् भन्ने नै रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, कहीँ न कहीँबाट सबैलाई मिलाएर लैजाने कुरामा हाम्रो छलफल भएको छ ।

सबै कुरा मिलाएर लैजाने कुरा भएको छ । सबैको चाहना पार्टी बलियो होस् भन्ने नै हो । पार्टीलाई झगडा हुने ठाउँमा नपुर्‍याऔँ । पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्छ । अन्तिमसम्म पनि हामी पार्टीलाई एक बनाएर जाने कुरामा आश गरौँ ।’ उपसभापति गुरुङले पार्टीमा गरेको त्याग र बलिदानलाई सम्झिएर एक हुनुपर्ने बताउनुभयो ।