Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


नदी किनार २० मिटर मापदण्डबारे पुनरावलोकन माग मुद्दामा सर्वोच्चद्वारा मिसिल झिकाउने आदेश


949
Shares

काठमाडौं ।
काठमाडौंका नदी र खोला किनारमा सरकारले तोकेको मापदण्डभन्दा थप २० मिटर क्षेत्रमा संरचना निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन माग गरिएको मुद्दामा अदालतले मिसिल झिकाउने आदेश दिएको छ।

बिहीबार न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले प्रारम्भिक सुनुवाइ गर्दै सो आदेश गरेको हो। यसअघि बागमतीसहित सहायक नदीहरूको दुवै किनारामा थप २० मिटर तटीय क्षेत्र कायम गर्न परमादेश जारी गरिएको थियो।

उक्त फैसलाले स्थानीय बासिन्दा प्रभावित हुने भन्दै सरकारका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकन माग गरेको हो।