काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (साबिक नेकपा माओवादी) का नेता तथा मधेश प्रदेशसभा सदस्य रहवर अन्सारीले पार्टीबाट राजीनामा दिएका छन् ।
अन्सारीले बिहीबार नेकपा संयोजक पुष्पकमल दाहाललाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् । उनले साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको भन्दै यो विरोधाभासको हिस्सा आफू बन्न नसक्ने राजीनामापत्रमा उल्लेख गरेका छन् ।
दाहाललाई सम्बोधन गरेको पत्रमा हिन्दी सायरीसमेत समेटेका छन् ।
‘सागर के तूफान को भी हमने बस मेँ किया है
पहाडों के चट्टानका पथ मोड दिया है
होगा न कोई हिटलर कोई नवाब
हम सर्वाहारकी आवाज: इन्कलाब इन्कलाब इन्कलाब।’ राजीनामापत्रमा भनिएको छ, ‘यो गीत अब तपाईंको स्मृतिमा मात्र बाँकी रहेकाे छ ।






प्रतिक्रिया दिनुहोस्