Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


कालीमाटी तरकारी बजारमा गोलभेडाको मूल्य घट्याे


1.4k
Shares

काठमाडौं। कालीमाटी तरकारी बजारमा बिहीबार गोलभेडाको मूल्य रूपमा घटेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको बजारमा कारोबार भएको मूल्य अनुसार गोलभेडा बिहीबार ७ प्रतिशतसम्म घटेको जनाएकाे हाे । बुधबार प्रतिकिलो १ सय १३ दशमलव ८६ रुपैयाँ औसत मूल्य पर्ने तराई सानो गोलभेडा बिहीबार ७ दशमलव ७८ प्रतिशतले घटेर प्रतिकिलो १ सय ५ रुपैयाँमा कारोबार भएको छ।

त् यस्तै बुधबार १ सय २ दशमलव ५० रुपैयाँ औसत मूल्य पर्ने लोकल गोलभेडा बिहीबार ७ दशमलव ३२ प्रतिशतले घटेर ९५ रुपैयाँमा कारोबार भएको हाे। त्यस्तै, अन्य गोलभेडा पनि ६ प्रतिशत ४ प्रतिशतले क्रमशः घटेको समितिले जनाएकाे छ ।