एजेन्सी। पूर्वीपाकिस्तानको पञ्जाव प्रान्तमा एउटा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
साेही दुर्घटनामा परी १६ जना गम्भीर घाइते भएका हुन् । पाकिस्तानको पूर्वीपञ्जाव प्रान्तस्थित तालागाङ जिल्लामा बुधबार यात्रुवाहक बस दुर्घटनामा भएकाे थियाे। रावलपिण्डीबाट मुल्तानतर्फ जाँदै गरेको उक्त बस पहाडी क्षेत्रको एउटा मोड काट्ने क्रममा अनियन्त्रित भई करिब १ सय फिट गहिरो खोंचमा खसेको उद्धार अधिकारीहरूले बताएका छन् ।
घटनास्थलमा पुगेका रेस्क्यु ११२२ का टोली र जिल्ला प्रशासनका कर्मचारीहरूले घाइते तथा मृतकहरूलाई तालागाङस्थित सरकारी अस्पताल पुर्याएका छन् । घाइतेहरूको अहिले उपचार भइरहेको छ । साेही दुर्घटनाकाे बारेमा थप अनुसन्धान भइरहेको जनाइएकाे छ।





प्रतिक्रिया दिनुहोस्