काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला र सभापति देउवाबीच भेटवार्ता भएकाे छ।
सभापति देउवा निवास महाराजगञ्जमा बिहीबार बिहान भएकाे भेटमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनलाई लिएर दुई शीर्षनेताबीच भेटवार्ता भएको हो । भेटमा नेता काेइरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै पार्टीलाई एकतावद्ध बनाउन पहल कदमी लिन आग्रह गर्नुभएकाे एक नेताले बताएका छन् ।
पछिल्लाे समय कांग्रेसकाे संस्थापन पक्ष र इतर पक्षबीच पार्टीकाे महाधिवेशकाे विषयलाई लिएर विवाद चर्किंदै गएकाे छ ।





प्रतिक्रिया दिनुहोस्