Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईको बिदाइ 


364
Shares

काठमाडौं ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईको स्वेच्छिक अवकाशको अवसरमा बिदाइ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बिदाइ समारोहमा प्रहरी नायव उपरीक्षक भट्टराईलाई कार्यालयको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले ढाकाटोपी, खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाइ गरेका थिए।

बिदाइ कार्यक्रममा आफ्नो धारणा राख्दै नायव उपरीक्षक भट्टराईले प्रहरी सेवामा रहँदा प्राप्त गरेका अनुभव, अवसर र चुनौतीहरू स्मरण गर्दै सहकर्मीहरू तथा संगठनप्रति आभार व्यक्त गरे।

समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले भट्टराईले पवित्र प्रहरी संगठनमा सेवा प्रवेश गरी देशका विभिन्न स्थानमा आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै संगठनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे। उनले अवकाशपछिको पारिवारिक तथा सामाजिक जीवन सुखमय, स्वस्थ र सफल रहोस् भनी शुभकामना पनि व्यक्त गरे।

उक्त बिदाइ कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।