काठमाडौं ।
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
निर्वाचन कार्यालय मधेस प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँको प्रश्तावकमा लोसपाका मधेस प्रदेश सभा सदस्य जयनुल राईन रहनुभएको छ भने समर्थकमा समेत लोसपाकै प्रदेशसभा सदस्य एवं मधेस सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी हुनुहुन्छ ।
जनता समाजवादी पार्टी नेपाल र लोसपाबीच पार्टी एकताको निर्णय भइसकेको छ । मधेस प्रदेशमा चारवटा सिटको लागि उम्मेदवारी दर्ता हुँदैछ । दलित, अल्पसंख्यक-अपाङ्ग, महिला र अन्य सिटमा निर्वाचन हुँदैछ । मधेस प्रदेशमा प्रदेशसभातर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरी ३७० जना मतदाता छन् ।





प्रतिक्रिया दिनुहोस्